सर्जक एवं सञ्चारकर्ममा समेत लागेका शितल द्धारा NRNA जापानको महासचिवमा उमेदवारी

Share
81Shares

नागोया / जापान

सर्जक एवं सञ्चारकर्ममा समेत लागेका श्यामकुमार श्रेष्ठ (शितल)NRNA जापानको महासचिवमा उमेदवारी घोषणा संगै प्रचार – प्रसारमा लागेका छन्। मिठो स्वरका धनि उनि गित संगितमा समेत कृयाशिल छन्। उनका शिरमा सिरफुल सजाउने मायालाई लगाएतको गितहरु अहिले पनि चर्चित छन्। नेपाल रहदा रेडियो कर्ममा समेत लागेका उनि मिडिया सेन्टर जापानका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ जापान साखाका सदस्य समेत हुन्।गैरआवासीय नेपाली संघ जापान NRNAको आगामी कार्यकाल (सन २०२५-२७)का लागि निवर्तमान कार्यसमितिका सचिव श्याम शितल(श्याम कुमार श्रेष्ठ)ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्। उनले यस अघि महासचिवमा हार व्यहोरेका थिए। शितलले भने सेवा हाम्रो साथ तपाईंको यो अन्तिम परिक्षा पास गराउने जिम्मा हजुरको ! उनि बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७-२०१९ नागोया क्षेत्रिय समिती सचिव,सन २०१९-२०२१ नागोया क्षेत्रिय समिती संयोजक र सन २०२१-२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ जापानको सचिव पदमा क्रियाशिल रहेका थिए।

अघिल्लो पटक पनि महासचिव पदमा दावेदारी प्रस्तुत गरेका श्याम शितलले पुनः सोहि पदमा उम्मेदवारी दिने भएका हुन्। श्रेष्ठले भनेका छन्, बिगत लामो समयको जापान बसाईको क्रममा आफ्नो ब्यक्तिगत कार्यबाट समय बचाएर समाज र सामाजिक कार्यको लागि मैले दिएको योगदान यहाँहरुलाई अबगत नै छ ,बिगत एक दशक लामो यो संस्थागत यात्रामा नागोया क्षेत्रिय समिती सचिब,संयोजक केद्रिय समिती सचिब भएर कुशल कार्य सम्पादन गरि गत निर्वाचनमा महासचिबको प्रत्यासी हुँदै गर्दा तपाईंहरूको अपार विश्वास र माया हुँदा हुदै पनि उपविजेता बन्न पुगे त्यो समर्थन, त्यो प्रेम मेरो लागि केवल पदको नजिक पुग्ने अवसर मात्र थिएन ,त्यो सेवाको जिम्मेवारी अझ गहिरोसँग बोक्ने प्रेरणा थियो अब म त्यस अधुरो जनसमर्थनलाई पूर्ण विश्वासमा बदल्न तपाईंहरूको मन–मनमा आउन खोज्दैछु।आशा छ हिजो फेल भएको कक्षामा पुन: अन्तिम पटक परिक्षा दिने यो मेरो प्रयासलाई पुर्ण अंक सहित परिणाममा बदल्न सहयोग गर्नु हुनेछ श्रेष्ठले भने।

Share
81Shares
Advertisment