जापानको नागोया शहरमा लोकप्रिय नेपाली गायक सुजन चापागाईंका तथा उनका ब्यान्ड The Infinity को सांगीतिक प्रस्तुति हुने भएको छ। “Smiles Music Tour 2026” अन्तर्गत आयोजना हुने उक्त कार्यक्रम आगामी २४ मे २०२६ मा सम्पन्न हुने आयोजकले जनाएको छ।
कन्सर्टमा सुजन चापागाईंका चर्चित गीतहरू लाइभ प्रस्तुत गरिनेछन् भने दर्शकले ऊर्जावान ब्यान्ड प्रस्तुति पनि हेर्न पाउनेछन्।कार्यक्रमको टिकट प्रारम्भिक (Early Bird) टिकट ५ हजार येनमा सीमित संख्यामा उपलब्ध गराइएको छ भने सामान्य टिकट ६ हजार येन निर्धारण गरिएको छ। टिकट अनलाइनमार्फत www.yomanwave.com बाट खरिद गर्न सकिनेछ वा पोस्टरमा रहेको QR कोड स्क्यान गरेर पनि बुक गर्न सकिने जनाइएको छ।कार्यक्रमको शीर्ष प्रायोजन “Smiles Mobile Remittance” र “Smiles Connect” ले गरेका छन्।





