ओलीसँग विद्याको प्रश्न : २ वर्षअघि नवीकरण भएको मेरो सदस्यतामा अहिले विवाद किन ?

Share
0Shares

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिचको भेटवार्तामा भण्डारीले २ वर्षअघि नै नवीकरण भएको आफ्नो सदस्यताको अहिले विवाद चर्काएकोमा चासो राखेकी छन् ।एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताबिच करिब २ घण्टा भएको भेटवार्तामा भण्डारीले आफ्नो सदस्यताबारे भइरहेका टीकाटिप्पणी र सतहमा आएको विवादबारे ओलीसँग प्रश्न मिश्रित चासो प्रकट गरेकी हुन् । राष्ट्रपतिको कार्यकाल पूरा गरेर सामान्य नागरिकको हैसियतमा फर्किएकी भण्डारीले सक्रिय राजनीति गर्ने घोषणा गरेसँगै उनको सदस्यताको वैधानिकता र पार्टीमा पाउने जिम्मेवारीबारे एमालेमा विवाद बढेपछि अध्यक्ष ओली र भण्डारीबिच सघन वार्ता भएको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई नेताबिचको छलफल सकारात्मक भएको बताए । ‘छलफल सकारात्मक ढङ्गले अघि बढेको छ । राजनीतिले नै सम्बन्धलाई टुङ्गो गर्दछ । नेताहरूका अनुसार ओलीसँगको भेटमा भण्डारीले एमाले विधानको धारा ९ को ३ को व्यवस्था पनि स्मरण गराएकी छन् । उक्त धारामा विशेष परिस्थिति र काममा तत्कालीन अवस्थामा कतै नियुक्ति वा विशेष कामका लागि  प्रयोग हुने बताएकी थिइन् ।

Share
0Shares
Advertisment