टोकियो / जापान


NRNA जापानमा महिला पद र ICC मा र्निविरोध चयन हुदैं गर्दा NRNA जापानको अध्यक्ष देखि क्षेत्रीय समिति सम्म कडा प्रतिस्पद्धा हुने भएको छ। उमेदवारहरु अघोषित प्यानल नै बनाएर निर्वाचनमा लागेका छन्। NRNA जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठ र सुवास लामिछाने मध्ये यसैले जिल्छ भन्ने अवस्था छैन। दुबै जनाको कार्य क्षेत्र टोकियो हो। जापानको नागोया, ओसाका , फुकोओका लगाएत शहरहरुमा रहेका नेपालीहरुको कस्ले बढि विश्वास जित्छ , उस्कै जित हुने भन्नेहरु धेरै छन्। दुबै अध्यक्षका प्रत्यासीहरु NRNA जापानको निर्वतमान उपाध्यक्ष हुन्।


त्यस्तै अर्को महत्वपूर्ण पद महासचिवमामा कडा प्रतिस्पद्धा रहेको छ। गैरआवासीय नेपाली संघ जापान NRNAको आगामी कार्यकाल (सन २०२५-२७)का लागि पूर्व कार्यसमितिका सचिव श्याम शितल(श्याम कुमार श्रेष्ठ) र NRNA जापानका निवर्तमान प्रवक्ता खगराज गौतम विच प्रतिस्पद्धा हुन लागेको हो।

यसै विच गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानबाट एनआरएनए आईसीसी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमाराजकुमार अधिकारी, शिवहरी पौडेल, सुमन कार्की, टिकाराम कंडेल, कृष्ण केसी, राम बहादुर खत्री(अर्जुन), यदुराम सापकोट, राम बहादुर थापा र लेखा अनुगमन तथा अनुशासन समिति संयोजक सचिन श्रेष्ठ रहेका छन् ।

यस अघि नै महिला उपाध्यक्ष अन्जु भण्डारी , महिला सचिव ललिता तमाङ्ग, महिला सह-कोषाध्यक्ष कामना भण्डारी , महिला संयोजक मञ्जु गिरी ( बन ) , महिला सदस्य ईश्वरी अर्याल र सन्तोषी अधिकारी र्निविरोध निर्वाचित भई सकेका थिए।

NRNA क्षेत्रीय समिति नागोयामा पनि प्रतिस्पद्धा त्यस्तै:-
जापानकै पहिलो क्षेत्रीय समिति नागोयामा पनि कडा प्रतिस्पद्धा देखिएको छ। यहा पनि NRNA नागोयाका निवर्तमान सचिव प्रतिक कार्की र निवर्तमान उप-संयोजक योमन देवान विच संयोजक पदमा कडा प्रतिस्प्रद्धा हुने देखिएको हो। दुवै जना व्यानल नै बनाएर निर्वाचनमा होमिएका छन्।नेतृत्व चयनका लागि हुने स्वस्थ्य प्रतिस्प्रद्धालाई अन्नेथा लिन नहुने NRNA क्षेत्रीय समिति नागोयाका संस्थापक सचिव एवं NRNA जापानका पूर्व महासचिव डा सुदिप अधिकारीको तर्क छ।

२ पटक एनआरएनए नागोयाको क्षेत्रीय उप-संयोजक भई सकेका योमन देवान भन्छन्, यत्तिको समय समाजका लागी काम गरे अब मेरो जाने ठाँउ भनेकै संयोजकमा हो। यो कुरा नेपाली समुदायले अवश्य बुझ्नु हुने छ र मलाई मतदान गर्नुहुने छ उनले भने।व्यस्तै विगत दुई वर्षको एनआरएनए जापान, नागोया क्षेत्रीय समितिको सचिव रही संस्था सशक्तीकरण, युवाको सहभागिता, सामाजिक सेवा र पारदर्शी नेतृत्वको अभ्यास गर्दै आएको अनुभवलाई अब नयाँ युगको नेतृत्वमा रूपान्तरण गर्न लागिपर्ने संयोजकका उमेदवार प्रतिक कार्कीले बताए।

त्यस्तै निर्वाचनलाई निष्पक्ष बनाउन हर सम्भव प्रयास गरिने निर्वाचन समितिका संयोजक तिलक मल्लले बताएका छन्। NRNA जापानको अनलाईन मार्फत जुलाई २७ तारिक आईतवार निर्वाचन हुँदैं छ।
उमेदवारको अन्तिम नामावली : –











