टोकियोमा हुने किक बक्सिङ्गको के वन वल्ड च्यामपेनसिपमा १६ राष्ट्र संगै नेपालको तर्फबाट अविरल (हिमालयन चितुवा ) भिड्दै

Share
157Shares

टोकियो / जापान

आगामी सेप्टेम्बर ७ तारिक टोकियोमा हुने किक बक्सिङ्गको के वन वल्ड च्यामपेनसिपमा १६ राष्ट्र संगै नेपालको तर्फबाट अविरल (हिमालयन चितुवा ) भिड्ने भएका छन्। विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा आयोजना हुने सो प्रतियोगितामा ‘हिमालयन चितुवा’को नामले परिचित बक्सर घिमिरे सहित चीन, बुलगेरिया, नेदरल्यान्ड, ब्राजिल, पोल्यान्ड र आरमेनियाका चर्चित बक्सर रिङमा उत्रन लागेका हुन्।। विश्व प्रसिद्ध ‘के वान विश्व म्याक्स टुर्नामेन्ट’मा भाग लिनका लागि बक्सर घिमिरे विशेष प्रशिक्षणका लागि जापानबाट थाइल्यान्डको फुकेट सहरको मोथाई क्लबमा आफ्नो व्यक्तिगत खर्चमा प्रशिक्षण लिन गएको अविरलका पिता एवं किक बक्सिङ्गका प्रशिक्षक देब घिमिरेले बताए ।यस अघि जापानको ओसाका सहरमा सम्पन्न  ‘के वन क्रस १७५’को उपाधि चुम्दै बक्सर अविरलले पहिलो पटक तीन वटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ उपाधि’ हात पारेका थिए।अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउन्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बनेका थिए।‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ ।

‘इन्टरनेसनल किक बक्सिङ’ ‘इस्का’ र ‘हिट’ प्रतियोगिताको टाइटल बेल्ट जित्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी हुन । बक्सर अविरल आफ्ना माता – पिता साथमा जापानको नागोया सहरमा बस्दै आएका छन्। उनको स्थायी घर भने चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारा बलम्बू हो। अविरलका पिता कराँते खेलाडी देव घिमिरे सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन। आफ्नो बुवाको प्रेरणा आमा अनि आफन्तको आर्शिवाद र सबै अग्रजको माया साथै आफ्नो मेहनतका कारण आफु यहाँ सम्म आई पुगेको अविरल बताउँछन्।

Share
157Shares
Advertisment