“रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त”
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको छ । आयोगले तीन प्रतिशत पार गर्ने छ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् ।
Share



