आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता

Share
0Shares

काठमाडौँ, २० पुस । दोश्रो आईओएफटीसी पुम्सु भर्चुअल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । नेपाल १९ स्वर्ण, १४ रजत र २२ कांस्य पदक प्राप्त गर्दै उपविजेता भएको हो ।

नेपालका लागि कृपा गुरुङ, सोफिया तामाङ, विनिता प्रधान, सुष्मा राई, मुना तामाङ, प्रतिक्षा राणा, एरिक राणा, विकास शाह, रोधन राई, कृयासन विष्ट, इशान शाह, जेसन थापा, राहुल हजारा, सगुन राई, चिरञ्जीवी भण्डारी, प्रेम लामा मोक्तान, जितबहादुर बोट, कमल श्रेष्ठ र सुरेश मानन्धरले स्वर्ण पदक जित्नुभयो । आईओएफटीसी हेल्प डेस्क नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारका अनुसार उक्त प्रतियोगितामा २६ स्वर्ण, २४ रजत र २३ कांस्य पदकका साथ च्याम्पियन बन्न सफल भयो ।

प्रतियोगितामा नेपाल प्रहरी क्लबले अनुशासित टोलीको उपाधि जित्यो । ब्ल्याकवेल्ट पुरुषतर्फ नेपालका जितबहादुर बोट उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले एक सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभयो । उक्त प्रतियोगितामा २० देशका दुई सय ७० खेलाडीको सहभागिता रहेको ब्यञ्जनकारले जानकारी दिनुभयो ।

Share
0Shares
Advertisment