जापानमा लक्ष्मीको हत्या आरोपमा तीन जना नेपाली पक्राउ

Share
0Shares

फुकुओका / जापान

जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् ।जापानी प्रहरीलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरूले जनाएअनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् ।

जापानको फुकुओकामा १९ अगस्टमा झापा चन्द्रगढीकी २५ वर्षीया राजवंशी खोलामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको आशंका प्रहरीले गरेको छ । प्रहरीले पक्राउ परेका तीनै जनाअभियुक्तहरूले आरोप स्वीकार वा अस्वीकार गरेको विषय भने सार्वजनिक गरेको छैन । प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद घटनाको पृष्ठभूमिमा हुनसक्ने आशंकामा हत्या हुनुअघिको घटनाक्रमबारे विस्तृत अनुसन्धान गरिरहेको छ ।

Share
0Shares
Advertisment