प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन

Share
0Shares

काठमाडौँ, २१ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ ।सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गर्नु भएको हो ।
.मंगलबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उहाँले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो । ‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यकलिन ढिलाई गर्नु हुन्न,’मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवालानिकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजनातत्कालबनाऔं ।’
मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी कामगर्न गठित कार्यदललाई पौष मसान्तभित्रकार्ययोजनाबनाएर आफ्नो कामलाई गतिदिनपनिआग्रहगर्नु भयो । बोर्ड बैठकले विज्ञापनसम्बन्धि राष्ट्रिय नीतिबनाउने निर्णय गरेको छ । राष्ट्रिय नीतिबनाउँदा सरोकारवालानिकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशनदिनुभयो ।
सरकारी विज्ञापन व्यवस्थापनगर्ने उद्देश्यका साथमन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधिभित्र रहेर जिम्मेवार ढंगले कामगर्ने विश्वास पनिव्यक्तगर्नु भयो । बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको पनिउपस्थिति रहेको थियो ।

Share
0Shares
Advertisment