जापान । राष्ट्रीय आविष्कार केन्द्रको सहयोगार्थ जापानको नागोयामा हुने सांस्कृतिक साँझको तयारी पुरा भएको आयोजकले जनाएका छन्। नेफिन जापान नागोयाले आयोजना गरेको उक्त सांस्कृतिक कार्यक्रमबाट बचत रकम नेपाली बैज्ञानिक महाविर पुनद्वारा नेपालमा सञ्चालित नेपालीहरूको गौरव राष्ट्रीय आविष्कार केन्द्र लाई उपलब्ध गराईने किरात राई यायोक्खा नागोयाका सचिव नरेश राईले बताए ।
उक्त सास्कृतिक कार्यक्रम जनवरी ८ आईतवार बेलुका ५ बजे बाट ९ बजे सम्म हुने किरात राई यायोक्खा नागोयाका अध्यक्ष सुखराज राईले बताए ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरू राजेश पायल राई , सबिना योङ्हाङ् लिम्बु र समृद्धि परियार साथै जापानमा रहेका गायक श्याम शितलको प्रस्तुति रहने बताइएको छ। सामाजिक कार्यको लागि गरिने उक्त कार्यक्रममा समूर्ण नागोयाबासी नेपाली समुदायलाई उपस्थित भई सहयोग गर्नु हुन एनआरएनए आईसिसि सदस्य दिपक केसीले अनुरोध गरेका छन्।
Share



