नागोया / जापान

जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ ।श्रीलंका र नेपालबीच जापनिज समय अनुसार बिहान ९ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो । खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ ।


नेपाली राष्ट्रिय क्रिकेट टोली २० औँ एसियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।नागोयाको कोरोगी एथलेटिक पार्कमा १ बल पनि फाल्न नसक्ने अवस्था बनेपछि नियम अनुसार नेपालभन्दा वरीयतामा माथि भएका कारण श्रीलङ्का प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। टी-२० वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने श्रीलङ्का नवौँ स्थानमा छ।नागोयामा मौसम बिग्रिँदा यसअघि भारत र अफगानिस्तान तथा पाकिस्तान र हङकङ बीचको खेल पनि वर्षाकै कारण रद्द हुन पुगेको थियो।

“खेल्दै नखेली हार बेहोर्नुपरेपछि जापानमा रहेका क्रिकेटप्रेमी तथा खेलप्रेमी नेपाली दर्शकहरूमा निराशा छाएको छ। खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिनुपर्ने कस्तो नियम हो?”गलकोट समाज जापानका पूर्वअध्यक्ष एवं समाजसेवामा सक्रिय व्यक्तित्व यम खत्रीले नेपालले खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिनु परेको प्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।उनले नेपाली खेलाडीहरूले मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर समेत नपाई बाहिरिनु पर्दा जापानमा रहेका नेपाली खेलप्रेमीहरू निराश भएको बताए।





