NRNA जापान, क्षेत्रीय समिति नागोयाको संयोजकमा योमन देवान निर्वाचित , यस्तो बन्यो नयाँ समिति

Share
52Shares

नागोया /जापान

NRNA जापान, क्षेत्रीय समिति नागोयाको संयोजकमा योमन देवान निर्वाचित भएका छन्। उनले अर्का प्रत्यासी प्रतिक कार्कीलाई पछि पार्दै बिजयी भएका हुन्। त्यस्तै उपाध्यक्षमा निर्मल राई (सरकार), रुपेश पुनमगर र यम बहादुर पाईजा मगर निर्वाचित भएका छन् । सचिवमा सागर थापा बगाले , कोषाध्यक्षमा राजेश अधिकारी (दिपक) र युवा संयोजकमा नवराज पौडेल बिजयी भएका छन्।

निर्वाचित उप- संयोजकहरु :-

कार्य समिति सदस्यहरु मध्ये सबै भन्दा बढि मत ल्याएर चन्द्रप्रकास भुषाल ( Cp) बिजयी भए। CP सहित बिजयी हुने कार्य समिति सदस्यहरुमा बिकास भण्डारी , दोर्जी शेर्पा (सोनाम) , सुशिल न्यौपाने, राजु लामा, मिलन तमाङ्ग, दुर्गेस बोगटी ( जुरा ) , पुजन मानन्धर, हरिस पाण्डे, दिपेन्द्र विष्ठ, बन्धु लम्साल, रबिन सापकोटा, मनोज खनाल रहेका छन्।

आगामी दिनमा पनि सबैको साथ र मार्गदशन अनुसार आफु अघि बढ्ने बताउँदै NRNA क्षेत्रीय समितिका नवनिर्वाचित संयोजक योमन देवानले सबै मतदातालाई धन्यवाद ज्ञापन गरेका छन्।

Share
52Shares
Advertisment