समुदायमा भिजेका तिवारीद्वारा पञ्चकन्या सामुदायिक वनको अध्यक्षमा उमेदवारी

Share
55Shares

रत्ननगर / चितवन

सामुदायिक गतिविधीमा भिजेका चितवन रत्ननगर १२ का शुसील तिवारीद्वारा पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा उमेदवारी दिने भएका छन्। उनि उक्त सामुदायिक वन उपभोक्ता समूहको गतिविधीमा कृयाशिल रहदैं आएका व्यक्ति हुन्।

तिवारी भन्छन, सानो छदाँ वृक्षारोपण कार्यमा कृयाशिल भएको , वन पैदावार तस्कर रोक्न ल्कव मार्फत गस्ती गरेको अहिले पनि सम्झना छ। वन अनि वन्यजन्तुको महत्व मैले राम्रो संग बुझेको छु। अनि बन अनि स्थानिय वासिन्दाको सम्बन्ध कसरी सुमधुर राख्नु पर्छ मैले बुझेको छु उनले भने। अझ म सबैलाई मिलाएर अघि बढ्न सक्छु, कोही पनि सानो – ठूलो भन्दा पनि हामी समान है , हरेक प्राकृतिक सम्पदाको संरक्षण र उपभोगमा सबैको समान पहुँच हुनु पर्ने तिवारीको तर्क छ।

सामुदायिक वनवाट काठ, दाउरा मात्र बेच्ने भन्दा पनि हाम्रो सामुदायिक वन नेपालकै  तेश्रो ठूलो पर्यटकिय गन्तव्य सौराहाबाट नजिक रहेकोले ति पर्यटक लाई अझैं पञ्चकन्या सामुदायिक वनका ल्याउन बाटो -घाटो राम्रो बनाउने र स्थानिय कल्चर देखाउने  आफ्नो लक्ष्य भएको उनको भनाई छ।

विश्वास छ, मलाई सम्पूर्ण उपभोक्ताहरुले यसपालि पञ्चकन्या सामुदायिक वनको अध्यक्षमा निर्वाचित र्गर सेवा गर्ने अवशर दिनु हुने छ तिवारीले भने।

Share
55Shares
Advertisment