बाढीपीडितका लागि प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा प्रारम्भिक ८ लाख ७ हजार ५ सय सहयोग

Share
0Shares

टोकियो / जापान

नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रवास नेपाली सम्पर्क विभाग जापानले ८ लाख ७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्रवास नेपाली सम्पर्क विभाग जापानका कोष नियन्त्रक भेषनाथ गौतमले बताए।भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि नेपाल सरकारले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न आह्वान गरेको थियो।

विपद्को कठिन परिस्थितिमा प्रवासमा रहेका नेपालीबाट संकलित सहयोग रकम सरकारी राहत कोषमार्फत प्रभावित नागरिकसम्म पुर्‍याउने उद्देश्यले कोषमा जम्मा गरिएको प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की (केसी) को भनाई छ। उक्त सहयोग रकम प्रारम्भिक रहेको बताईएको छ।विभागले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विपद्को समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

    यस्तो छ सहयोगी दाताको नामावली :-

Screenshot

Share
0Shares
Advertisment