प्रवासी नेपाली सम्पर्क विभाग जापानद्वारा कार्यसमिति सदस्य गौतमलाई बिदाइ तथा शुभकामना

Share
0Shares

नागोया / जापान

प्रवासी नेपाली सम्पर्क विभाग जापानका कार्यसमिति सदस्य भेषराज गौतमलाई बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम जापानको नागोया सहरमा सम्पन्न भएको छ।लामो समय जापानमा रहेर सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय  रहेका भेषराज गौतम नेपाल फर्कन लागेकोमा उहाँप्रति सम्मान, शुभकामना तथा आगामी दिनको सफलताको कामना गर्दै बिदाइ कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली सम्पर्क विभाग जापानका प्रमुख दीपक कार्की केसीले गरेका थिए।

कार्यक्रममा विभागका सल्लाहकारहरू रामु खरेल तथा श्याम शीतल, कोषनियन्त्रक भेषनाथ गौतम,कार्य समिति सदस्य श्रीकान्त घिमिरे,  प्रवासी नेपाली सम्पर्क विभाग क्षेत्रीय समिति च्युबु–नागोयाका संयोजक विकाश लम्साल लगायतले मन्तब्य राखेका थिए।। उनिहरूले भेषराज गौतमको जापान बसाइका क्रममा संस्थाप्रति पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै नेपाल फर्किएपछिको नयाँ यात्राका लागि शुभकामना तथा बिदाइ मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा सहभागीहरूले उहाँको आगामी दिन सुखद, सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै नेपालमा पनि सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहन सकून् भन्ने कामना गरेका थिए। कार्यक्रम प्रवासी नेपाली सम्पर्क विभाग जापानका सचिव कविकिरण न्यौपानेले सञ्चालन गरेका थिए।

Share
0Shares
Advertisment