हेलिकोप्टर दुर्घटना पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन

Share
0Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ ।
बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाईनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि हेलिकोप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।
ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कने क्रममा दाह्रेभिरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको गृहमन्त्रालयले जनाएको छ ।

Share
0Shares
Advertisment