अधिकार मिचेर प्रशासनलाई निषेध आज्ञा गर्न लगाईयो

Share
0Shares

व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा सङघ नेपालले अवरोध गरेपछि तनाव भएको थियो ।

युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो । युवासङ्घले दमौलीमा मोटरसाईकल ¥याली गरेको थियो । युवा सङ्घको विरोध पछि प्रशासनले निषेध आज्ञा गरेको थियो ।

निषेध आज्ञाको विरोध गर्दै यता नेपाली काँग्रेस तनहुँले भातृ सङ्गठन तरुणदल, नेविसङ्घ, नेपाल महिला सङ्घ, ट्रेड युनियन काँङ्ग्रेसका युवा परिचालन गर्न लागेपछि विरोध गर्दा सुरक्षाकर्मीसँग झडप भएको थियो ।

बुधबार स्थिगित पुल उद्घाटन बिहीबार गरिएको थियो । पुल उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले नियमलाई मिचेर प्रशासनलाई निषेध आज्ञा लगाएको बताउनुभयो । सररकाले प्रशासनलाई हस्ताक्षप गरेर शक्तिको दुरुपयोग गरेको पौडेलले आरोप लगाउनुभयो । वरिष्ठ नेता पौडेलले प्रशासनले नियम मिचेर निषेध आज्ञा लगाएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका तरुण विभाग प्रमुख तथा केन्द्रीय सदस्य शङ्कर भण्डारीले कम्युनिष्टले गर्दा लोकतन्त्र खतरामा परेको बताउनुभयो । काँग्रेसमाथि दमन गर्नेको हिसाब किताब काँग्रेसले गर्ने भण्डारीले चेतावनी समेत दिनुभयो ।

‘काँग्रेस विरुद्धमा कसैले औंलो ठडाउन नखोजे हुन्छ ठीक पार्ने तरिका हामीलाई थाहा छ ।’ भण्डारीले भन्नुभयो । विकास निर्माणका कार्यक्रम सम्पन्न गर्ने स्थानीय समुदायले आफ्नो इच्छा अनुसार आफुले रोजेको राष्ट्रिय हैसियत बनाएको व्यक्तिबाट उद्घाटन गराउन पाउने अधिकारलाई समेत कुण्ठित गर्न खाज्नु निन्दनीय भएको भणडरीले बताउनु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्यहरु गोविन्द भट्टराईले विश्वभरी नै कम्युनिष्ट पार्टी लोप हुँदै गईरहेको बेला नेपालमा कम्युनिष्टको सरकार भएको देख्दा विश्व नै दङ्ग परेको बताउनुभयो ।

कार्यक्रम खड्कबहादुर अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेल, संविधान सभा सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस नेता कृष्णचन्द्र नेपाली, नेपाली काँग्रेस सभापति वैकुण्ठ न्यौपाने, कार्यबाहक सभापति जीतप्रकाश आले, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले लोकतन्त्रको लागि लडेर, जेल परेर प्रधानमन्त्री हुनु भएका केपी शर्मा ओलीको सरकारले लोकतन्त्रका लागि जीवनभर लडेको, देशको वरिष्ठ नेतालाई गिरफ्तार गर्न लगाउनु निन्दनीय भएको कुरामा जोड दिनु भएको थियो ।

Share
0Shares
Advertisment