घट्दो जनसंख्याका कारण कामदारको अभाव भागिरहेका जापानमा विदेशी कामदारको संख्याले कीर्तिमान पार गरेको छ । कम्पनीहरुले बाहिरी देशबाट कामदार भित्र्याउने दर उच्च रहेको छ
विश्वको तेस्रो ठूलो आर्थिक शक्ति राष्ट्र जापानमा विदेशी कामदारहरूको संख्या सन्न २०२२ को तुलनामा २०२३ मा १२.४ प्रतिशतले बढेको जापान टाइम्सले जनाएको छ ।

श्रम मन्त्रालयले गत महिनाको अन्तमा जारी गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा विदेशी कामदारको संख्या २४ लाख पुगेको र यो प्रवाह द्रुत गतिमा जारी रहने बताइएको छ ।
जापानमा औद्योगिक, निर्माण क्षेत्र, कृषि तथा वृद्धहरूको हेरचाह गर्नेहरूको खोजी हुने गर्दछ । यस हिसाबले विदेशी आगमनको ठूलो युगमा प्रवेश गरिरहेको अधिकारीहरुले बताएका छन् ।
विदेशी कामदारहरूको स्रोत र पर्यवेक्षण गर्ने हिरोशिमामा आधारित एजेन्सी साइकाइक्योका अध्यक्ष जुन्जी इकेडाले कामदारहरु बढेको भए पनि यसले श्रमिक अभावको बढ्दो आँकडालाई समायोजन पर्याप्त नहुने बताएका छन् ।
सन् १९९५ मा काम गर्ने उमेरको जनसङ्ख्या चरम सीमामा पुगेपछि जापानको दीर्घकालीन श्रम संकट बढ्दै गएको छ। धेरैभन्दा धेरै व्यवसायहरू सञ्चालनकै लागि संघर्ष गरिरहेका छन्।
यो अवस्थालाई मध्यनजर गर्दै एक वर्ष पहिले प्रधानमन्त्री फुमियो किशिदाले देश अब आफ्नो कम जन्मदरका कारण सामाजिक कार्यहरू कायम गर्न असमर्थ हुने छेउमा पुगेको बताउनुभएको थियो ।
जापान इन्टरनेशनल कोअपरेसन एजेन्सीले गरेको अध्ययनले देखाएको छ कि जापानलाई आफ्नो वृद्धि लक्ष्यहरू पूरा गर्न २०४० सम्ममा ६.७४ मिलियन विदेशी कामदारहरू चाहिन्छ।
जापानमा जारी तीव्र जनसंख्याको गिरावटलाई रोक्नको लागि देशको सबैभन्दा राम्रो आशा विदेशी कामदार नै हुन् र यसको पूर्तिका लागि खुला हुनसक्छ ।
Share



