यस्तो रह्यो जापानको नागोयामा आयोजना गरिएको नेपाल फेष्टिवलको पहिलो दिन

Share
0Shares

नागोया / जापान

गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति समन्वय परिषद् नागोयाको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जापान क्षेत्रीय समिति नागोयाको मुख्य सह–आयोजना एवम् नेपाली राजदूतावास (टोकियो) जापानको सहयोग तथा स्थानीय संघ संस्थाको समन्वयमा आयोजित चौंथो नेपाल फेष्टिवल शुरू भएको छ।

जापानको नागोयामा मे ३०, ३१ र जुन १ तारिखका दिन “नेपाल फेस्टिभल एण्ड एक्सपो २०२६” भव्य रुपमा आयोजना भएको हो ।नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपालीपनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालको मौलिक संस्कृति झल्काउने झाँकी, सांस्कृतिक प्रस्तुति, नेपाली परिकार, पर्यटन प्रवर्द्धन तथा व्यापारिक स्टलहरू रहेका छन्।

चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ को अर्को आकर्षण भनेको जापान लगाएत विश्वको बिभिन्न देशका हस्तकला माध्यमवाट देश चिनाउने अभियानमा लागेका हस्तकला नेपाली टीमको उपस्थिति रहेको छ। जहाँ नेपाली हस्तकलाका सामानहरु अवलोकन गर्न र खरिद गर्न सकिन्छ।

Share
0Shares
Advertisment