टोयोटा / जापान


“स्वास्थ्यको लागि खेलकूद, खेल मैदानमा प्रतिस्पर्धा, जिवनमा मित्रता” भन्ने मूल नाराका साथ INTER TOKAI UNITY CUP 2026 प्रतियोगिता सम्पन्न भएको छ। खेलको उद्घाटन प्रमुख अतिथिको रुपमा समाज सेवामा कृयाशिल व्यक्तित्व दीपक घिमिरे रहेका थिए। कार्यक्रमको बिशेष अतिथि NRNA नागोयाका अध्यक्ष योमन देवान थिए।

खेल संयोजक भने राजू लामा र सचिव इशान श्रेष्ठ रहेका थिए, प्रतियोगिताको इभेन्ट पार्टनर कान्छा पुन थिए। प्रतियोगिताको प्रथम पुरस्कार २ लाख २० हजार येन नगद र दोस्रो पुरस्कार १ लाख १० हजार येन नगद सिल्ड, मेडल रहेको थियो। प्रतियोगिताको पहिलो स्थान INTER NAGOYA FC ले हासिल गर्यो भने दोस्रो स्थान YOGUNG STAR FC ले प्राप्त गर्यो।

बिभिन्न विधागत पुरस्कारहरु पनि प्रदान गरियो, जसमा हाई स्कोरर ट्सेटेन गुरुङ, उत्कृष्ट गोलकीपर बिक्रम घलान, उत्कृष्ट डिफेन्डर निशान बानिया, र उत्कृष्ट खेलाडी सम्बय वाइबा घोषित भए। पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता Unity Guys का अध्यक्ष देब कुमार घिमिरेले गरे भने विजयी खेलाडीहरु लाई पुरस्कार वितरणNRNA नागोयाका संयोजक योमन देवानले गरे।
Share



