एनआरएनए नागोयाद्वारा ‘हाम्रो कुरा (HAMRA KURA)’ को दोस्रो अंक आयोजना हुँदै

Share
0Shares

नागोया, जापान

Non-Resident Nepali  Association (एनआरएनए) जापान, क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा जापानमा बसोबास गर्ने नेपालीका लागि कानुनी परामर्श, नियम–कानुन तथा भिसासम्बन्धी जानकारी दिने उद्देश्यले “हाम्रो कुरा (HAMRA KURA)” कार्यक्रमको दोस्रो अंक आयोजना हुने भएको छ।

कार्यक्रम आगामी मे १०, २०२६ (आइतबार) का दिन साँझ ५ बजेदेखि Nagoya International Center मा सञ्चालन हुने कार्यक्रम संयोजक सि.पि. भुषालले जानकारी दिए।उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा जापानका प्रशासनिक कानुन विशेषज्ञ हिबी यासुमोतो (Hibi Yasumoto) रहनेछन्। उनले विशेषगरी भिसा प्रक्रिया, स्टाटस अफ रेसिडेन्स, नेचुरलाइजेशन (नागरिकता), कम्पनी स्थापना, विभिन्न लाइसेन्स तथा कानुनी कागजातसम्बन्धी विषयमा विस्तृत जानकारी दिने एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक योवन देवानले बताए।

त्यस्तै, नागोयामा लामो समयदेखि विभिन्न सरकारी निकायहरूसँग सम्बन्धित अनुवाद तथा समन्वय कार्यमा सक्रिय मनोज ढुङ्गाना पनि वक्ताका रूपमा सहभागी भई व्यवहारिक अनुभव र जानकारी प्रस्तुत गर्नेछन्।कार्यक्रम मार्फत जापानमा बसोबास गर्ने नेपालीहरूले दैनिक जीवनमा भोग्ने कानुनी जटिलता, भिसा प्रक्रिया तथा व्यवसायसँग सम्बन्धित विषयमा स्पष्ट र उपयोगी जानकारी दिने अपेक्षा गरिएको छ।आयोजकका अनुसार कार्यक्रममा सहभागी भई प्रत्यक्ष रूपमा जिज्ञासा राख्न सकिने व्यवस्था समेत गरिनेछ, जसले नेपाली समुदायलाई थप लाभ पुग्ने विश्वास लिइएको छ।

Share
0Shares
Advertisment