पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृहजिल्लामा गरिने

Share
0Shares

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि पोखरामा गरिने भएको छ।
आज काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा पोस्टमार्टमपछि नेकपाको केन्द्रीय कार्यालयमा अधिकारीको शवलाई श्रद्धाञ्जलीका लागि राखिने छ। त्यसपछि टुँडिखेलमा श्रद्धाञ्जलीका लागि लगिनेछ। मन्त्री अधिकारीको श्रद्धाञ्जली कार्यक्रमपछि शव पोखरा ल्याइने नेकपा गण्डकीले जनाएको छ । पोखरामा अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि नयाँबजार, महेन्द्रपुलको बाटोबाट रानी पौवा हस्पिटल चोक हुँदै रामघाटमा पुर्‍याएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने नेपाल सरकारले जनाइएको छ।
त्यस्तै, फागुन १९ मा सबै जिल्लामा नेकपाको आयोजनामा शोकसभा गर्ने भएको छ। तीन दिनसम्म पार्टीको सबै तहको कार्यालयमा पार्टीको झन्डा आधा झुकाइने नेकपा गण्डकीले जनाएको छ। अधिकारीको सम्मान र अन्त्येष्टिको लागि नेकपा कास्की र गण्डकी प्रदेश सरकारले समन्वय गरेको छ।

Share
0Shares
Advertisment