सातै जनाको सामूहिक श्रद्धाञ्जली

Share
0Shares

काठमाडौं, बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिँदैछ।

हिजो नै मृतकका शव श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम तय गरिएको भएपनि पोस्टमार्टमका लागि समय लागेपछि आज बिहानको लागि सारिएको हो । आज ८ देखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनीहरुको शव काठमाडौंको टुँडिखेलमा राखिएको छ ।

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री अधिकारीको अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुनेछ। मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय मन्त्रिपरिषदको बुधबारको बैठकले गरिसकेको छ। हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

Share
0Shares
Advertisment