कविकिरण न्यौपाने / नागोया, जापान
मानिसलाई कहिले कस्तो विपत्ति पर्छ, पतैं नहुने रहेछ। जापानको नागोया शहरमा १ वर्ष अघि मात्र विद्यार्थी भिषामा आएकी दुर्गा धमला (सुवेदी)लाई यतिबेला महाबिपत्ती आई लागेको छ। दुर्गा लाई पढेर केहि गरौं भन्ने सानै देखि थियो। सुरेश सुबेदी संग विवाह बन्धनमा बाधिए पनि सुरेशले दुर्गाको भावना बुझ्थे , त्यसैले उनले श्रीमतिको चाहना अनुसार अध्ययनका लागि जापान पठाए।

७ वर्षको काखे बालक सुरेशको जिम्मा लगाएर अध्ययनको लागि उनि जापान त आईन तर सुरेश नै १ महिना देखि टाउकोमा पानी जमेर थलिए पछि दुर्गा लाई के गर्ने, के नगर्ने सोच्नै नसकेको बताँउछिन। काखे बालक एकातिर , श्रीमान् अस्पतालको शैंयामा , आफु प्रदेशमा यसरी भौंतारी रहेकी छु दुर्गाले भनिन्।
यतिबेला उनलाई न खाना खान मन छ,न काम अनि कलेजमा जाने जाँगर नै छ। दुर्गा भन्छिन न्यून आए भएको हाम्रो परिवार जापान आउँदा १२ लाखको हाराहारी मा खर्च भएको , ऋण जस्ताको त्यस्तै छ , झनैं यस्तो बिपत्ति आई लाग्यो ।
चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीका ३० बर्षका सुरेश सुबेदीको टाउकोमा पानी जमेको कारण भरतपुर अस्पतालमा अप्रेशन गरिएको र उनलाई हाल न्युरो सर्जरी वार्डको बेड नम्बर ९ मा राखिएको छ । अस्पतालले लामो समय अस्पताल राख्नु पर्ने र लाखौ रुपैयाँ लाग्ने जनाएको छ ।आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले उपचार खर्च जुटाउन नै गाह्रो भएकोले यथासक्दो सहयोग गरिदिन दुर्गाले सबैलाई अनुरोध गरेकी छिन्।
सबैको सानो सहयोगले सुरेशले नयाँ जीवन पाउने छन्। आर्थिक सहयोगका लागि सुरेशकी बहिनी सुमित्रा सुवेदीको चितवन माडी बसन्तपुरमा रहेको ग्लोबल आइएमइ बैकको खाता नम्बर 21007010099387 तथा इ सेवा नम्बर 9865383118 क्यु आर कोडमा समेत सहयोग गर्न सकिने बताईएको छ । त्यस्तै जापानमा दुर्गा धमला (सुबेदी)को JP पोस्ट बैंक नम्बर 12040- 20731411 मा पनि सहयोग गर्न सकिनेछ।
Share



