सेन्दाई / जापान


जापानको सेन्दाईमा दोश्रो नेपाल फेस्टिभल हुने भएको छ।एनआरएनए जापान, सेन्दाई क्षेत्रीय समितिद्वारा आयोजना हुन लागेको दोश्रो नेपाल फेस्टिभल सेन्दाई २०२६ को औपचारिक घोषणा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम एनआरएनए जापानका क्षेत्रीय सह–कोषाध्यक्ष सन्दिप जिसीको प्रमुख आतिथ्यता तथा एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाईका संयोजक आशिष गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा विशेष अतिथिका रूपमा एनआरएनए जापानका केन्द्रीय सल्लाहकार साबित्रा लामा , सदस्य प्रकाश विश्वकर्मा , मानार्थ सदस्य हरि पाण्डे तथा क्षेत्रीय समिति सेन्दाईका संरक्षक हरिगोपाल श्रेष्ठ लगायत विभिन्न संघसंस्था तथा संगठनका प्रतिनिधिज्यूहरू, सेन्दाई क्षेत्रका बुद्धिजीवी, समाजसेवी तथा व्यवसायी महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रममा एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाईका उप–संयोजक तथा नेपाल फेस्टिभलका कार्यक्रम संयोजक निम तामाङले फेस्टिभलको उद्देश्य, कार्यक्रमको अवधारणा तथा प्रस्तावना प्रस्तुत गरेका थिए।
फेस्टिभल आगामी अक्टोबर ३१ शनिबार र नोभेम्बर १ आइतबार, सेन्दाईस्थित चुचीगाओका पार्कमा आयोजना हुने सेन्दाई क्षेत्रका सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तित्व प्रकाश खतिवडाले बताए।नेपालको मौलिक कला, संस्कृति, भाषा, भेषभूषा तथा नेपाली खानालाई जापानमा प्रवर्द्धन तथा परिचित गराउने उद्देश्यले आयोजना हुन लागेको यस ऐतिहासिक महोत्सवलाई सफल बनाउन सम्पूर्ण नेपाली समुदाय, जापानी मित्रहरू, संघसंस्था, व्यवसायी, प्रायोजक तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक सहभागिता, सहयोग तथा सहकार्यका लागि एनआरएनए जापान क्षेत्रीय समिति सेन्दाईका संयोजक आशिष गुरुङले अनुरोध गरेका छन्।
यस्तो छ मूल आयोजक समिति
सन्दीप जिसी
हरी गोपाल श्रेष्ठ
डम्बर बहादुर चौहान (सन्तोष)
कार्यक्रम संयोजक: निम तामाङ
उप–संयोजक: अनिल गिरी
आर्थिक संयोजक: श्रीर बहादुर काउचा
प्रचार–प्रसार संयोजक: कृष्ण विक्रम घिसिङ
स्टल तथा खाना व्यवस्थापन संयोजक: राजेश खनाल
अतिथि व्यवस्थापन संयोजक: सावित्रा लामा
सांस्कृतिक संयोजक: प्रकाश वि.क.
प्राविधिक व्यवस्थापन संयोजक: हरी पाण्डे
संघ–संस्था समन्वय संयोजक: शिव भण्डारी
स्वयंसेवक परिचालन संयोजक: दुर्गा स्याङदाङ
फोहोल व्यवस्थापन संयोजक: विनोद चन्द्र
महिला समन्वय समिति संयोजक: विश्व देवी गुरुङ
कलाकार व्यवस्थापन संयोजक: सुरेन्द्र सुनार
Share



