टोकियो / जापान


NRNA जापानको अधिवेशनको निर्वाचन प्रक्रिया नजिकिदैं जादा उमेदवारहरुको दौंडधुप पनि बढेको छ। NRNA हुनेखाने अनि पैसावालाको मात्र संस्था हो भन्ने आरोप लागिरहदा एनआरएनए जापानको अध्यक्षका प्रत्यासी सिद्धार्थ श्रेष्ठले पैसाले मात्र समाज सेवा नहुने स्पष्ट पारेका छन्। अहिले पनि जापानमा फलानो उमेदवार संग धेरै पैसा छ, उस्ले जति पनि खर्च गर्न सक्छ भन्नेहरु पनि नभएका होइनन् ।‘जापानको जेलमा रहेका, हस्पिटलमा रहेका, पार्कमा अलपत्र जीवन बिताइरहेका नेपालीको उद्धारमा मैले सधैं काम गरिरहेको छु। भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छु,’ श्रेष्ठले भने, ‘म सामान्य व्यवसायी हो। धेरै ठूलो आश्वासन दिएर हुँदैन। मेरो मुख्य एजेण्डा भनेकै नेपालीको समस्यामा सँगै हुने हो।’

नेपाली उत्पादनलाई जापानमा बजार खोज्ने अनि नेपालमा जापानी पर्यटक भित्र्याउन पहल गर्नु मेरो अर्को एजेण्डा हो,’ उनले भने।“म तपाईंको जन्मदिनको पार्टीमा नआउँला, बार्बिक्यु कार्यक्रममा नआउँला, तर तपाईंको दुःख पीडामा सधैं आउनेछु।” श्रेष्ठले भने।उनी ठूला नाराभन्दा जनताको विश्वास र साथलाई आफ्नो मूल आधार मान्छन्।“मैले चर्का नारामा फोकस गर्दिन। तपाईंको समस्यामा तपाईंको साथमा हुनु नै मेरो नारा हो। तपाईंहरूको विश्वास नै मेरो शक्ति हो र म त्यो कहिल्यै तोड्दिन।”श्रेष्ठले भने।

हाकी, निडर र कर्मशील स्वभावका सिद्धार्थ श्रेष्ठको उम्मेदवारीले एनआरएनए जापानको निर्वाचनलाई थप रोचक बनाएको छ। जुलाई २७ तारिखमा हुने चुनावमा श्रेष्ठको उम्मेदवारी सशक्त प्रतिस्पर्धाको संकेत मानिएको छ।





