✍️कविकिरण न्यौपाने

चितवनमा जन्मिएर ५ दशक पुग्न लागेको मैले चितवनमा धेरै निर्वाचन हेर्ने अवशर पाएको छु। पहिलो र दोश्रो संविधान सभा र त्यस अधिका संसदिय निर्वाचन र स्थानिय निर्वाचनमा सञ्चारकर्मीको नाताले ति निर्वाचनहरुको पर्यवेक्षण गर्ने अवशर पनि मिलेको थियो। त्यस पछि भने पत्रकारिता गरेर गुजारा नचले पछि विगत डेढ दशक देखि विदेशमा भौत्तारिरहेको छु। आशा छ, अबको निर्वाचनले वर्षौं देखि मातृभूमि लाई दुर्गतिमा पुऱ्याएका पुराना भनिएका दलहरुलाई बढार्ने छ र म जस्तै धेरै नेपालीहरु देशमै गरिखाने वातावरण बनेपछि फर्कने छौं।हो कतिलाई रिस उठ्ला तर चितवनको ३ वटै क्षेत्र “घण्टी किल्ला ” बन्ने पक्का छ। हुन त यति वेला पुरै देशमा घण्टी बजिरहेको हामीहरुले देखे, सुनेकै छौं। अझ रास्वपाको उर्भरभूमि चितवन हो। धन्नै साढे ३ दशक देखि देशमा नेता निति र नियत ठिक नभएर जेन्जी बिद्रोह पछि देशकै ठूला भनिएका कांग्रेस, एमाले सहितको पार्टीको अत्यधिक बहुमतको सरकार ढलेपछि हुन लागेको यो संसदलिय निर्वाचन अरु निर्वाचन जस्तो होईन। जेन्जी आन्दोलनमा शासकको दमनका कारण दर्जनौं निर्दोस जेन्जीहरुले ज्यान गुमाउन पर्यो।२ दिनमै भएको जेन्जी बिद्रोहले जनमानसको निरासा वम भन्दा पनि बढि विस्पोटक हुने गर्छ भन्ने भनाई लाई प्रमाणित गरेको छ। जेन्जी आन्दोलन पछि धेरै जेन्जीहरु रास्वपाका तर्फवाट उमेदवार बनेका पनि छन्।रास्वपा अब आसलाग्दो शक्ति बनेर उदायको छ। यतिवेला प्रायः सबै राजनितिक पार्टीका नेताहरु रास्वपा माथी प्रहार गरि रहेका छन्। जो मजवुत छ, त्यसै माथी कमजोरहरुले प्रहार गर्ने हो। त्यस बाट पनि के प्रष्ट हुन्छ भने अब रास्वपालाई विजयको यात्रामा कसैले रोक्न सक्दैन ।४ लाख ४२ हजार ८२ मतदाता रहेका चितवनमा पुरुष २ लाख१७ हजार ३ सय १४ र महिला २ लाख२४ हजार ७ सय ६६ मतदाता रहेका छन्।जस अनुसार चितवन क्षेत्र नं. १ मा मतदाता संख्या १ लाख ४९ हजार ६ सय २१ , चितवन क्षेत्र नं. २ मा मतदाता संख्या१ लाख ३७ हजार १ सय ५२ र चितवन क्षेत्र नं. ३ मा मतदाता संख्या: १ लाख ५५ हजार ३ सय ९ जना मतदाता रहेका छन्।

चितवन क्षेत्र नं १

चितवन क्षेत्र नं १ को कुरा गर्दा यस अघिको संसदिय निर्वाचनमा पनि अहिलेकै उमेदवार हरि ढकालले करिव ७ हजार ५ सय मतान्तरले विजयी भएका थिए। रास्वपाका हरि ढकालले ३४ हजार १ सय ८९ मत ल्याउदा पूर्व अर्थमन्त्री समेत रहेका नेपपा एमालेका तत्कालिन उपाध्यक्ष सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत र नेपाली कांग्रेसको तर्फवाट नेपाल राष्ट्र बैकका गर्भनर विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० मत ल्याएका थिए। हरि ढकालले अहिले ति हाई प्रोफाइल भएका उमेदवारहरुको सामना गर्न परेको पनि छैन ।खरो स्वाभावका हरि ढकालले चितवनको आवाज कयौं पटक संसदमा बुलन्द राखेको तपाई हामीले देखेकैं थियौं। हरि ढकाललाई पहिलो पटक सांसद भएका उम्मेदवारको पहिचान तथा जनमतमा विश्वास प्राप्त भएको महशुस गरायो, त्यस समयमा उनले त्यस क्षेत्रको समस्या अझैं राम्रो संग बुझेका छन्। ढकालले भनेका छन् , रास्वपाको यस अघि बहुमत नभएर धेरै गर्न सकिएन अब बहुमत आउने छ र धेरै कार्य गर्ने छौं। जुन त्यस क्षेत्रका मतदातालाई थाहा छ , यो यस चुनावमा पनि जित्ने आधार बन्ने छ।
चितवन क्षेत्र नं २

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन संग भावनात्मक रूपमा संम्बन्ध रहेको छ। उनलाई चितवनवासीले हरेक क्षणमा साथ दिदै आएका छन् । उनकै नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चितवन–२ मा बलियो प्रभाव रहेको देखिएको छ। चितवन क्षेत्र नं २ मा भएको दुई संसदिय निर्वाचनमा लामिछानेले अध्याधिक मतले विजयी भएका थिए। देशमा आशलाग्दो र नयाँ शक्तिको रूपमा रास्वपा उदय भएको पुराना राजनितिक दलहरूलाई मन पर्ने कुरै भएन । त्यसैले रास्वपा सभापति रवि लामिछानेलाई जिल्लै पिछे मुद्धा लगाएर फसाउन खोजेको आम मतदातालाई थाह नै छ। जुन सुकै वहानामा चितवन २ मा निर्वाचन गरिए पनि रवि लामिछाने को भोट बढ्ने छ, कदापि घट्दैन । २०७९ को प्रतिनिधि सभा निर्वाचन चितवन-२ मा रवि लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएका थिए। उनले निकटतम भन्दा ३४ हजार भन्दा बढि मतले जितेका थिए। त्यस्तै उनले २०८० सालको चितवन–२ उपनिर्वाचनमा झनैं बढि भोट ल्याए। तेति वेला उनको मत ५४ हजार १ सय ७६ थियो। जुन निकटम प्रतिस्प्रद्धि भन्दा ४२ हजार ७ सय मत अन्तरले धेरै थियो।रवि लामिछानेको चितवन–२ मा जीतको आधार मुख्यतः उनको पहिलेको विजयको ठूलो मतान्तर, पार्टीको बलियो समर्थन, मतदातासँगको सम्बन्ध, र विपक्षी मत विभाजन, उनि प्रतिको चितवनवासीको आस एवं भरोसा लगाएत हो ।
चितवन क्षेत्र नं ३

सोभिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृ हुन् । उनि पहिले काठमाडौँ–२ बाट प्रत्यक्ष सांसदको रूपमा निर्वाचित भइसकेकी उम्मेदवार हुन् । उनि युवा, कानुनी पृष्ठभूमि र भाषण कला भएका नेता भनेर परिचित छन्। जसले मतदातालाई आकर्षित गरिरहेको छ। उनि प्रतिको चितवनवासीको आश र भरोसा बढ्दो क्रममा छ। यस अघि पटक-पटक चुनावमा गठवन्धन हुने चितवनमा पुराना पार्टीहरू कांग्रेस, एमाले ले अलग–अलग उम्मेदवार खडा गरेको हुँदा मत विभाजित हुने सम्भावना छ। यस अघि विजयी भएका राप्रपा नेता विक्रम पाण्डे आफु अव यस क्षेत्रका विजयी नहुने देखेर उमेदवार बनेनन् । यदाकदा चितवन ३ मा रेनु दाहाल भनेको सुनिए पनि यस अघि पटक – पटक कांग्रेसको बैसाखी टेकेर चुनाव जितेकी रेनु दाहाल एमाले नेता देवि ज्ञवाली संग मेयरमा चुनाव लड्दा हार्ने भएपछि मतपत्र च्यातेको चितवनवासीले र्बिसेका छैनन्। यस अघि पनि नेपालका राष्ट्रिय मिडिया लगाएतले सर्वेक्षण बाट चितवन ३ मा सोबिता गौतम पहिलो हुने बताई सकेका छन् ।
चितवनका ३ वटै क्षेत्रलाई “घण्टी किल्ला” भन्नु भावनात्मक मात्र होइन, पछिल्ला निर्वाचन परिणाम र जनमतको संकेतमा आधारित विश्लेषण हो। अवश्य पनि राजनीति गतिशील हुन्छ । चितवनमा मतदाताले परम्परागत राजनीति भन्दा फरक बाटो रोज्दै चितवनको ३ वटै क्षेत्रमा रास्वपाका हरि ढकाल , रवि लामिछाने र सोविता गौतमलाई विजयी गराउने छन्।चितवनका ३ वटै क्षेत्रलाई “घण्टी किल्ला” भन्नु भावनात्मक मात्र होइन, पछिल्ला निर्वाचन परिणाम र जनमतको संकेतमा आधारित विश्लेषण हो। अवश्य पनि राजनीति गतिशील हुन्छ । चितवनमा मतदाताले परम्परागत राजनीतिभन्दा फरक बाटो रोज्दै चितवनको ३ वटै क्षेत्रमा रास्वपाका हरि ढकाल , रवि लामिछाने र सोविता गौतमलाई विजयी गराउने छन्।
(लेखक नेपाल पत्रकार महासंघ, जापान साखाका संस्थापक एवं नेपाली मिडिया सेन्टर जापानका निवर्तमान अध्यक्ष न्यौपाने रास्वपा निकट प्रवास नेपाली सम्पर्क विभाग – जापानका सचिव हुन्।)
Share




