टोकियो / जापान


सपथ ग्रहण पछि एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले काम गरेर सम्मानको लायक भएछु भने मात्र २ वर्ष पछि सम्मान गर्नु हुन अनुरोध गरेका छन्। उनले उक्त भनाई आफ्नो फेसबुक पेजमा समेत पोष्ट गरेका छन्। लामिछानेले भनेका छन्, २७ तारिक भएको निर्वाचन र आज भएको पदभार हस्तान्तरण तथा सपथग्रहणपश्चात म र मेरो टिमले आधिकारिकता पाएको छ । यसबिच विभिन्न किसिमले सहयोग गर्नुहुने सबैजनाप्रति पुनः एकपटक कृतज्ञता ज्ञापन गर्दछु ।निर्वाचनको नतिजा आएलगत्तै धेरै व्यक्ति तथा संस्थाहरुले बधाई तथा सम्मान कार्यक्रममा मेरो सहभागिताका लागि अनुरोध गरिरहनुभएको छ । मलाई तपाईहरुसंग भेट्न तथा तपाईका हातबाट पुष्पगुच्छा लिन मन छ, तर यो उपयुक्त समय होइन भन्ने महशुष गरेको छु । मलाई जुन विश्वासका साथ अध्यक्ष बनाउनुभएको छ, जे जिम्मेवारी सुम्पनुभएको छ, अहिलेका लागि मेरो प्राथमिकतामा ति जिम्मेवारीहरु छन् । अध्यक्षको पदभार बोकेलगत्तै सम्मान नै गर्नुपर्ने जस्तो केही गरेको छैन, जुन दिन त्यो सम्मानको लायक बन्छु, बधाई खान योग्य बन्छु त्यो दिन भेटौं न है ? हुँदैन ,उनले भने।

त्यसको सट्टा, हामी ‘बहुसाँस्कृतिक घरः नेपाल हाउस’ बनाउने अभियानमा छौं, म वा मेरो टिमका अन्य सहयात्रीहरुलाई सम्मान गर्न तपाई वा तपाईको संस्थाले आयोजना गरेको कार्यक्रमका लागि भनेर जे जति खर्च छुट्टाउनुभएको छ, चाहे त्यो रकम १ येन नै किन नहोस्, त्यो रकम नेपाल हाउस निर्माणका लागि दान स्वरुप दिनुभए मैले त्यसैलाई म र एनआरएनएप्रतिको सम्मान सम्झनेछु । यो मेरो तपाई सबैसंग विनम्र अनुरोध हो, मलाई तपाईहरुले काम गर्ने जिम्मेवारी दिएर यहाँसम्म पठाउनुभएको छ, यतिबेला म काम गरेर ति तमाम योजनाहरुलाई ‘सम्भव’ पार्नतिर नै लाग्छु नि है ? कुनैदिन सम्मानयोग्य काम गर्न सकेछु, केही परिणाम देखिनेगरि तपाईका अपेक्षा पूरा गर्न सकेछु भने बोलाउनुहोला, म अवश्य आउनेछु लामिछानेले भने।
NRNA जापानको प्रवक्तामा रविन शर्मा चयन:-

NRNA जापानको प्रवक्तामा रविन शर्मा चयन भएका छन्। उनि जापानमा सामाजिक क्षेत्रमा कृयाशिल व्यक्ति हुन्। एनआरएनए जापान २०२५–२०२७ कार्यकालको लागि चयन भएका उनि कवि तथा साहित्यकार समेत हुन्।
Share



