नागोया ,जापान


प्रवास नेपाली सम्पर्क विभाग जापानको च्युबु (नागोया) शाखा समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले विकास लाम्सालको नेतृत्वमा सर्वसहमत नयाँ समिति गठन भएको छ। समितिको उप–संयोजक चन्द्रप्रकाश भुसाल ( सि.पी.), सचिव सरोज बडाल ,सह–सचिव श्रीकान्त घिमिरे,कोषनियन्त्रक अनिल ज्ञवाली, प्रवक्ता दिबश सापकोटा ,सदस्यमा नारायण पोखरेल ,प्रकाश क्षेत्री ,प्रमेश तिमिल्सिना ,सृष्टि भण्डारी र दिपेन्द्र थापा रहेका छन।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रवास नेपाली सम्पर्क विभाग जापानका संयोजक डिलेन्द्र प्रसाद जोशीले सबै मिलेर संगठनलाई मिलन, समझदारी र एकताको बलमा अघि बढाउने र प्रवास नेपाली सम्पर्क विभागले बोकेको सपना र उद्देश्य पूरा गर्ने दृढ प्रतिवद्धता व्यक्त गरे।





