ओसाका / जापान
जापानको ओसाकामा राष्ट्रीय स्वतन्त्र पार्टीको भातृ संगठनका रुपमा क्रियाशिल प्रवास नेपाली सम्पर्क विभाग, क्षेत्रीय समिति ( कान्साई ) ओसाकाले विषेश अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य एवं केन्दीय प्रवास बिभाग उप- प्रमुख अर्जुन अधिकारी रहने बताईएको छ। अधिकारी यतिवेला प्रवास नेपाली सम्पर्क विभाग जापानको दोश्रो अधिवेशन पछि पनि संगठन बिस्तारका लागी जापानमा नै रहेका बुझिएको छ।

अब जापान भरि नै हरेक नेपालीहरु संग अन्तरक्रिया अनि संम्वाद गर्ने क्रममा प्रवास नेपाली सम्पर्क बिभाग जापान, क्षेत्रीय समिति कान्साई, ओसाकाको आयोजनामा हुन लागेको मन मिल्नेहरु विचको यो विषेश भेटघाट अनि अन्तरक्रियामा अवश्य पाल्नु हुन प्रवास नेपाली सम्पर्क बिभाग जापानका प्रमुख दिपक कार्कीले सबैमा अनुरोध गरेका छन्। कार्यक्रम डिसेम्वर १८ तारिक बिहिवार हुने छ।
अन्तरक्रिया कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारीहरू , क्षेत्रीय समिति कान्साई एवं रास्वपाका शुभचिन्तकहरुको उपस्थिति रहने बताईएको छ। कार्यकमको सम्पूर्ण तयारी पुरा भएको प्रवास नेपाली सम्पर्क विभाग, क्षेत्रीय समिति कान्साई ओसाकाका कोषाध्यक्ष धर्मराज न्यौपानेले बताए।
Share

