ओसाका / जापान


जापानको ओसाकामा राष्ट्रीय स्वतन्त्र पार्टीको भातृ संगठनका रुपमा क्रियाशिल प्रवास नेपाली सम्पर्क विभाग, क्षेत्रीय समिति ( कान्साई ) ओसाकाले विषेश अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य एवं केन्दीय प्रवास बिभाग उप- प्रमुख अर्जुन अधिकारी थिए । अधिकारी यतिवेला प्रवास नेपाली सम्पर्क विभाग जापानको दोश्रो अधिवेशन पछि पनि संगठन बिस्तारका लागी जापानमा नै रहेका छन्।

अब जापान भरि नै हरेक नेपालीहरु संग अन्तरक्रिया अनि संम्वाद गर्ने क्रममा ओसाका बाट कार्यक्रमको थालनी गरिएको प्रवास नेपाली सम्पर्क बिभाग जापानका प्रमुख दिपक कार्कीले बताए।

अन्तरक्रिया कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारीहरू , क्षेत्रीय समिति कान्साई एवं रास्वपाका शुभचिन्तकहरु ओसाकाका चिर-परिचित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।





