रवि लामिछाने र बालेन शाह विच ६ घण्टाको लामो वार्ता अब लामिछानेले कुलमान संग भेट्ने

Share
34Shares

काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्। झन्डै ६ घण्टाको वार्तापछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए। बालेन र रविलाई आफ्नै निवासमा भेट गराएका असिम शाह भन्छन्- “अन्ततः कथाको सुखद सुरुवात भएको छ।रवि र बालेन, दुई दाजु–भाइको मिलन भएको छ।यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।”

पछिल्लो दुई नेताबीच भएको छलफलको विस्तृत प्रगतिबारे छिट्टै सार्वजनिक गरिने रास्वपाका नेताहरुले बताएका छन् । यस अधि रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए।  लामिछानेले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेटेर छलफलको तयारी गरेको बताईएको छ । 

Share
34Shares
Advertisment