नागोया / जापान।


किरात राई यायोक्खा तोकाई जापानले नागोयोमा उधौली साकेला तथा छैठौँ अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा सहमति सहित नयाँ समिति गठन भएको निर्वाचन समिति संयोजक योमन देवान (राई) ले बताए।

कार्यक्रममा साकेला प्रदर्शन एव संस्थालाई स्थापना गर्न भूमिका निर्वाह गरेको भन्दैं मनिस राईलाई सम्मान पत्र र मायाको चिनोले सम्नान गरिएको थियो । कार्यक्रममा विविन्न संघ संस्था प्रमुखहरू उपस्थिति थियो, कार्यक्रममा निर्मल राई, भेषनाथ गौतम, नरेश राई, सविन राई, अम्वर गुरूड् लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमका अध्यक्षता निवर्तमान अध्यक्ष सुखराज राईले गरेका थिए । कार्यक्रममा सहभागीहरुले “सवै समाज, क्षेत्र संग मिलेन संस्कृति र पहिचानको जगेर्णा गर्नु अपरिहार्य रहेको निचोड निकालेका थिए।

यस्तो छ , नयां कार्यसमिति २०२६/२८
अध्यक्ष – आशा राई
वरिष्ठ उपाध्यक्ष- स्वर्णिम राई
उपाध्यक्ष – चेतन राई
उपाध्यक्ष – मित्मा राई
उपाध्यक्ष – बिजेता राई
सचिव -रोशन राई
सह-सचिव – सौगात राई
कोषध्यक्ष – ओमिका गुरुङ (राई)
सह-कोषध्यक्ष- अविशेक राई
सस्कृतिक संयोजक – रिजय राई
युवा संयोजक – प्रताप राई
सह- युवा संयोजक -मिलन राई
सदस्यहरु
मनिराज राई
योगेश राई
दिप राई
Share

