रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति, पार्टी सभापति रवि र प्रधानमन्त्रीको उमेदवार बालेन हुने

Share
12Shares

काठमाडौँ

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन्द्र शाह (बालेन)बीच,पार्टी सभापति रवि र प्रधानमन्त्रीको उमेदवार बालेन हुने सहमति भएको छ।सहमतिअनुसार रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढेका छन् भने रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।

उनिहरु बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएको छ ।पार्टी रास्वपा र चुनाव चिन्ह घण्टी नै रहने, रास्वपा सभापति रवि लामिछाने हुने र निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने सहमति पत्रमा उल्लेख छ।यसै विच राष्ट्रिय स्वतन्त्र पार्टीलाई अद्यावधिक गर्नेबारे रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ । सहमतिअनुसार रास्वपामा बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसकोविवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान पनि गरिएको छ । रास्वपाको नाम, झन्डा र चुनाव चिह्न भने साविककै हुने रवि र बालेनले गरेको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

‘पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,’ सहमतिपत्रमा उल्लेख छ ।

Share
12Shares
Advertisment