सेन्दाई / जापान


प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति दोश्रो तोहोकु (सेन्दाई)अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु (सेन्दाई) का संयोजक प्रकाश खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो। प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु (सेन्दाई) का सचिव राजेश खनालले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रमुख अथिति प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की (केसी) रहका थिए ।अधिवेशनवाट सन्तोस चौहानको संयोजकत्वमा सर्वसहमत कार्यसमिति निर्वाचित गरेको छ।
समितिको उप-संयोजकमा विशाल खनाल , सचिवमा विकास न्यौपाने, सह – सचिव सुमन लामिछाने, कोषाध्यक्ष गंगादत्त जोशी रहेका छन्। सदस्यहरूमा अनिस दवाडी, विशाल भण्डारी , गोपाल विक , मधु घिमिरे, राज पाण्डे , रमेश विष्ट, कुमार कट्टेल रहेका छन्।यस अधि नै अधिवेशन सम्पन्न गर्नेको लागी एनआरएनए जापानका महासचिव श्याम सितलको संयोजकत्वमा प्रवास नेपाली सम्पर्क विभाग जापानका सचिव कविकिरण न्यौपाने सचिव र सल्लाहकार रामु खरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।निर्वाचित नयाँ समितिलाई प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की (केसी) ले सपथ ग्रहण गराएका थिए।



