वैकल्पिक शक्तिहरूबीच एकता कति जायज ?

Share
33Shares

✍️ दिवश सापकोटा

वैकल्पिक भनिएका राजनीतिक शक्तिहरू बीच एकता गर्ने विषयमा चर्चा चर्किरहेका बेला यसबारे फरक- फरक धारणा सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।दिनभरको राजनीतिक चटारोका बीच को सँग, कहाँ, कहिले र कतिबेला मिल्ने भन्ने सोचमै समय खर्चिनु आजको प्राथमिकता होइन। देशको हितलाई केन्द्रमा राख्दै रवि लामिछानेले आफैँ झुकेर बालेन शाह र कुलमान घिसिङसँग भेट गर्नु उहाँको राजनीतिक परिपक्वता र महानताको उदाहरण हो।

तर यस सँगै एउटा गम्भीर प्रश्न पनि उठाउँछन्। लामो समय हिरासतमा रहँदा रवि लामिछानेको पक्षमा न बालेन शाहबाट कुनै स्पष्ट आवाज आयो, न त कुलमान घिसिङबाट कुनै शब्द नै आएको देखियो। एकातिर मौनता देखिएको र अर्कोतिर उपयुक्त समय पर्खिएको अवस्था रहेको  छ।सिद्धान्त, उद्देश्य र कार्यशैली मिल्छ भने एकता जायज मात्र होइन, आवश्यक पनि छ। तर सत्तालोभ, व्यक्ति–केन्द्रित राजनीति वा तुरुन्त लाभका लागि गरिएको एकता भने दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ। परम्परागत दलहरूप्रति जनअसन्तोषभ्रष्टाचार, अकर्मण्यता र असफल शासनका कारण जनताले नयाँ विकल्प खोजिरहेका छन्। छरिएर रहेका वैकल्पिक शक्तिहरू एक ठाउँ आए प्रभाव बलियो हुन्छ। वैकल्पिक शक्तिहरू अलग–अलग लड्दा मत बाँडिन्छ र अन्ततः पुरानै शक्तिले फाइदा उठाउँछन्।

यो सबैले बुझ्न जरुरी छ। यदि त्यसो नभए स्पष्ट रणनीति अपनाउनुपर्ने छ। “न कोहीसँग जबर्जस्ती मिल्ने, न कोहीको भर पर्ने। सबैले आ–आफ्नै बलमा एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि मात्र सिट सङ्ख्याका आधारमा सत्ता समिकरण गर्ने हो,” बालेन–कुलमान जस्ता व्यक्तित्व जोडिँदा २–४ सिट थपिन सक्ने र नजोडिँदा उति नै घट्न सक्ने सम्भावना रहन्छ। तर हौवाको राजनीति र ‘म नै हुँ’ भन्ने प्रवृत्ति त्यागेर, यसपटक जति सिट आउँछ त्यो आफ्नै शक्ति र जनविश्वासका आधारमा लड्नु पर्छ।अन्त्यमा यॊ भावनाको विषय मात्र नभई गणितको विषय भएको र राजनीतिमा अन्ततः गणित नै निर्णायक हुने हुने तथ्यलाई भुल्न हुदैन।
(चितवन स्थायी घर भएका सापकोटा यतिवेला जापानमा छन्। उनि रास्वपा निकट प्रवास नेपाली सम्पर्क बिभाग जापान ,क्षेत्रीय समिति चुबु नागोयाका प्रवक्ता हुन्।)

Share
33Shares
Advertisment