मेलम्ची खानेपानी : दोस्रो र तेस्रो चरणको पहुँच मार्गको निर्माण शुरु

Share
0Shares

चौतारा, १२ माघ । रााष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको दोस्रो र तेस्रो चरणका लागि पहुँच मार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । मेलम्ची पुल बजारदेखि दोस्रो चरणको लार्के हुँदै याङ्ग्रीसम्म पुग्ने २५ किलोमिटर पहुँच मार्गको निर्माण कार्य भइरहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

कूल २५ किलोमिटर सडकमध्ये सडक विभागद्वारा १५ र १० किलोमिटर खानेपानी आयोजनाद्वारा निर्माण भइरहेको हो । कालोपत्रसहित दुई लेनको सडक निर्माणका लागि जग्गाधनीहरुलाई क्षतिपूर्ति रकम वितरण भइरहेको बताइएको छ । गत डिसेम्बरमा सकिनुपर्ने उक्त सडकको काम क्षतिपूर्तिमा कुरा नमिल्दा स्थानीयवासीले अवरोध गरेपछि तोकिएको समयभित्र काम पूरा हुन नसक्दा पछि धकेलिएको आयोजनाले जनाएको छ ।

दोस्रो चरणको लार्के खोलाबाट दैनिक १७ करोड लिटर पानी थप गरिने र यसका लागि मुहानबाट अम्बाथान मुहानको हेडवक्र्स (बाँध) सम्म नौ किलोमिटर सुरुङ निर्माण गरिनेछ । यसैगरी तेस्रो चरणको याङ्ग्री खोलाबाट थप दैनिक १७ करोड लिटर पानी ल्याई दोस्रो मुहानसम्म जोड्न एकदेखि दुई किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अनुमान गरिएकाले जम्मा ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने सूचना अधिकारी पन्तले जानकारी दिनुभयो

Share
0Shares
Advertisment