पञ्चदिप युवा क्लबको अध्यक्षमा राजु डंगोल चयन

Share
181Shares

चितवन । सामाजिक गतिविधी एवं फुटवल र भलिवल प्रतियोगिता हरुमा ख्याति कमाएको पञ्चदिप युवा ल्कवको अध्यक्षमा राजु डंगोल चयन भएका छन् । पूर्व खेलाडी समेत रहेका डंगोल रोजगारीका लागी जापान रहेका र हालै मात्र जापान छोडेर नेपाल फर्केका थिए। चितवनको रत्ननगर नगरपालिका वर्डा नं १२ मा कार्यालय रहेको उक्त ल्कवको सम्पन्न भेलाले सर्वसहमत रुपमा अध्यक्षमा डंगोल लगाएत सम्पूर्ण समिति चयन गरेको हो।

ल्कवको उपाध्यक्षमा नबराज लामिछाने , सचिवमा जिवन पोखरेल, कोषाध्यक्षमा अजित गोले र सहसचिवमा मायादेवि विक रहेका छन्। कार्य समितिको सदस्यहरुमा विशाल लामा, मानिष श्रेष्ठ, किरण थिङ्ग, रिकेश आचार्य, कुञ्जन तिमिल्सेना, सञ्जय गोले, उदय भण्डारी, मनिष सुवेदी चयन भएका छन्। उक्त पञ्चदिप युवा ल्कवको संरक्षकमा रत्ननगर नगर पालिका वर्डा नं १२ का वर्डा अध्यक्ष सुन्दरमणि सुबेदी रहेका छन्। सल्लाहकार समितिमा भने उक्त ल्कवका संस्थापक अध्यक्ष विर बहादुर भुजेल संयोजक एवं सदस्यहरुमा राजु पोखरेल , विष्णुप्रसाद बराल , रामलाल भोलन , जितबहादुर तमाङ्ग, फुल कुमारी लामा र दुर्गा सिं गुरुङ्ग रहेका छन् ।

पछिल्लो समय ल्कवले चितवनको कालिकामा आयोजित प्रतिष्ठित प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएको छ।

Share
181Shares
Advertisment