पञ्चदिप युवा क्लब द्वारा सर सफाई अभियान

Share
0Shares

पञ्चदिप युवा ल्कव रत्ननगर – १२ द्वारा राजु डंगोलको नेतृत्वमा समिति गठन पछि पहिलो सामाजिक कार्यको रूपमा सर -सफाई अभियान शुरु गरिएको छ। रत्ननगर नगरपालिकाको बिभिन्न टोलहरुमा शुरु गरिएको उक्त सर – सफाई अभियान आगामी दिनहरुमा बिस्तार गरिदैं लगिने ल्कबका उपाध्यक्ष नवराज लामिछानेले बताए। सरसफाई नै सभ्यताको प्रतिक भएकोले ल्कवले यो अभियान चलाएको उनको तर्क छ।

उक्त अभियानलाई ऐकबद्धता जनाउँदैं अभियानमा वडाका वडा अध्यक्ष सुन्दरमणि सुवेदी,चेतनशील आमा समूहकी अध्यक्ष अनिता अर्याल,शान्तिकुञ्ज सहकारी संस्थाकी अध्यक्ष निर्मला डंगोल, बाल समूहका भाईबैहिनीहरु साथै क्लबका सम्पूर्ण पदाधिकारीहरु एवं सदस्यहरु र स्थानिय बासीको अभियानमा सक्रिय सहभागिता रहेको ल्कबका सचिव जिबन पोखरेलले बताए।

सर – सफाई अभियान नगरको पारिश्रमिक टोल,डाँफे मुनाल टोल,जनजागृति टोल,शान्तिकुञ्ज टोल र मनकामना टोलमा सम्पन्न गरिएको ल्कबका कोषाध्यक्ष अजित गोलेले बताए। चाडैं नै ल्कबले समाज रूपान्तरणका लागि नयाँ – नयाँ अभियान ल्याउने र सदा झैं सबै क्षेत्रबाट सहयोग पाउने विश्वास ल्कबकी सह – सचिव मायादेबि विक व्यक्त गरिन। सामाजिक गतिबिधि संगै पन्चदिप युवा ल्कब फुटबल र भलिबल प्रतियोगिताहरुमा चितवन जिल्लाकै नाम कहलाएको क्लब  हो।

Share
0Shares
Advertisment