नमुना जहाज बनाउने चितवन जयमंगलाका अभयको जताततै चर्चा

Share
0Shares

रत्ननगर / चितवन

चितवन रत्ननगर नगरपालिका वर्डा नं १३ ,जयमंगलाका अभय परियारको यतिवेला जताततै चर्चा छ। सानै उमेरमा उनले २ बटा नमूना जहाज बनाएर उडाउन सफल भएपछि उनको चर्चा चुलिएको हो। केहि समय अघि मात्रै रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा लगाएतको टोलि अभयको घरमा नै गएर उनले बनाएको जहाज उडाएको अबलोकन गरेका थिए। आफ्नो नगरको यस्तो प्रतिभाशाली ठिटोलाई अवश्य पनि सबैले सपोर्ट र सहयोग गरौं , उनले भने । आफु र नगरपालिकाले अभयलाई सक्दो सहयोग गर्ने उनले बताए।

उता बुद्ध एयरको नमुना जहाज बनाउने १८ वर्षीय अभय परियारले एक लाख रुपैयाँ सहयोग पाएका छन् । बुद्ध एयरले उनलाई हौशला प्रदान गर्न उक्त रकम प्रदान गरेको बताएको छ। सामाजिक सञ्जालमा अभयले बनाएको नमुना बुद्ध एयरको जहाजको फोटो भाइरल भएपछि कम्पनीले सो फोटो आफ्नो सामाजिक सञ्जालका अकाउन्टमा राखेको थियो । ‘केही दिनअघि हामीले हाम्रो एटीआर-४२ आरसी विमानको नमुना बनाउनु हुने अभय परियारको फोटो शेयर गरेका थियौँ, बुद्ध एयरले भनेको छ, ‘परियारलाई उक्त अद्भुत सिर्जनाका लागि बधाई दिन बुद्ध एयरको टोली चितवन रत्ननगर पुगेको थियो ।’

परियारलाई बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका थिए। कम्पनीले परियारको उक्त सिर्जनाका लागि बधाई तथा उनको उज्ज्वल भविष्यको कामना गरेको छ ।पुरस्कार पाइसकेपछि परियारले आफू प्रेरित भएको प्रतिक्रिया दिए । केही समयअघि सामाजिक सञ्जालमा परियारले बनाएको बुद्ध एयर र नेपाली सेनाको नमुना जहाज भाइरल भएको थियो ।

यतिबेला छोराको चर्चा चुलिए पछि अभयका बुवा आमा पनि दंग छन्। बुवा मोहन भन्छन् यो मेरो मात्र छोरो होईन , देशकै छोरो हो। सबैले सपोर्ट एवं सान्तोना दिउँ उनले भने ।

Share
0Shares
Advertisment