ओकिनावा / जापान


जापानको ओकिनामा टाँपुमा पनि रास्वपा सर्मपित प्रवास नेपाली सम्पर्क विभाग जापानको दोश्रो क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ। जल मार्ग र हवाई मार्ग बाट मात्र पुग्न सकिने उक्त टापुमा सनिवार अधिवेशन सम्पन्न भएको हो। उक्त टाँपुका करिव ६ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ।
प्रवास नेपाली सम्पर्क विभाग -जापान, क्षेत्रीय समिति ओकिनावाका संयोजक रेशम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग -जापानका सचिव कविकिरण न्यौपाने विशिष्ठ अतिथि एवं प्रवास नेपाली सम्पर्क विभाग -जापानका प्रमुख दिपक कार्की ( केसी ) प्रमुख अतिथि थिए । कार्यक्रमका न्यौपाने, कार्की सहित अतिथिहरुले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरेका थिए।

कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की (केसी) ले जापान भरि ७ क्षेत्रीय समिति रहेकोमा विस्तार गरि १३ वटा पुऱ्याईने बताए।कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग जापानका सचिव कविकिरण न्यौपानेले ज-जस्को आस्था जहाँ रहेपनि पार्टी नै परिवर्तन गर्न नपर्ने बताउँदै मत मात्र परिवर्तन गरि १ पटक लाई मत घण्टीमा रास्वपालाई दिन आग्रह गरे।अधिवेशनले रेशम पोखरेलको संयोजकत्वमा ११ सदस्यिय कार्यसमिति सर्वसहमत चयन गरेको छ। विभागको उप-संयोजकमा रामप्रसाद आचार्य, सचिवमा मनोज साह, उप-सचिवमा रबिन गिरी र कोषाध्यक्षमा मनोज थापा काजी रहेका छन्। त्यस्तै कार्यसमिति सदस्यहरुमा मनोज लामा, शुसील अधिकारी, राहित जंग ओली, अमृत हमाल, गौरीकला ढकाल र राजेश लामा रहेका छन्।
Share




