१४ फागुन, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । चुनावको मुखैमा उनको सिंगापुर यात्रालाई चुनाव छल्न गएको भनिए पनि देउवा निकट श्रोतले उनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएको बताएका छन्।सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् ।

पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन भएपछि देउवा निष्क्रिय भएर बसेका थिए ।जेनजी आन्दोलनमा उनीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले सिंगापुरमै उपचार गराएका थिए ।देउवा यसपटक उम्मेदवार पनि नभएकोले चुनावकै मुखमा विदेश प्रस्थान गरेका हुन् ।
Share



