कांग्रेसले सरकारको दाबी गरेर निर्वाचन गराउनुपर्छ ः नेता थापा

Share
0Shares

वालिङ, ५ चैत ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अब कांग्रेसले सरकारको दाबी गरेर देशलाई निर्वाचनमा लैजानुपर्ने बताउनुभएको छ । वर्तमान सरकारले देशलाई निकास दिनुको सट्टा झनै विनाशतर्फ मोडेकाले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बेला आएको बताउनुभएको हो ।

नेपाल तरुण दल भीरकोट नगर कार्यसमितिले आज स्याङ्जाको बयरघारीमा आयोजित आमसभामा उहाँले जब मुलुकमा अप्ठ्यारो स्थिति आइपर्छ त्यतिबेला कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको इतिहास रहेको बताउँदै अब पनि देशलाई निकास दिन कांग्रेसले जिम्मेवारी लिनुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । “स्थिर सरकारको कल्पना गरी नेकपालाई जनताले पाँच वर्षको अवधिका लागि चुनेर पठाएका थिए”, नेता थापाले भन्नुभयो, “जुन अपेक्षा जनताले यो सरकारबाट गरेका थिए त्यो पूरा हुन सक्ने अवस्था नै रहेन बरु विकासभन्दा पनि विनाशतर्फ लैजाने प्रयास भयो, यसलाई अब हामीले रोक्नुपर्ने बेला आएको छ ।”

सभामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कम्युनिष्टसँग नेपाली कांग्रेसले सहकार्य गर्न नहुने धारणा राख्नुभयो ।

Share
0Shares
Advertisment